२० बैशाख २०८१, बिहिबार
Header

भक्तपुरमा मोटरसाईकल दुर्घट्नामा एक जनाको मृत्यु 


प्रकाशित: आइतवार, २७ फागुन २०८०, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना मोटरसाईकल दुर्घट्नामा एक जनाको मृत्यु भएको छ । 


जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घट्नमा परी घाईते भएका काभ्रेको बनेपा नगरपालिका–७ का मणिराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । 


मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


बागमती प्रदेश ०२–०३२प ३३१३ नम्बरको मोटरसाइकल शनिबार राति १२ः४३ बजे सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको थियो ।


प्रहरीले मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका–४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई पक्राउ गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD