१ जेठ २०८१, मंगलबार
Header

भक्तपुरमा बेपत्ता भएकी माया नगरकोटीको शव भेटियो


प्रकाशित: शुक्रवार, २९ असार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा– ७ गुुण्डुकी हराईरहेकी माया नगरकोटी मृत अवस्थामा फेला परेकी छिन । 


प्रहरीका अनुसार १५ दिनदेखि हराइरहेकी ३८ बर्षिया नगरकोटीको शव भेटिएको हो । विहिवार उनको शव प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर भेटिएको प्रहरीले बताए ।  


प्रहरीले उनको खोजीमा असार १७ तेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।


शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । सो बट्टा बिषको भए नभएको परीषणपछि पात्ता लाग्ने प्रहरी बताए । 


शवको पोष्टमार्टमको लागि पठाएको र भिसेरा जाँचबाट उनको मृत्युको कराण थाहा हुने प्रहरीले बताएको छ । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD