काठमाडौं । भक्तपुर घलाटे बस्ने २६ वर्षीय रोशन तामाङलाई बुद्धचित्तको गेडा २ सय ४० वटा सहित प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–५ सुवर्ण चोकमा तामाङ सवार वा.८५प ३१५० नम्बरको स्कुटरलाई जाँच गर्दा उक्त वुद्धचित्तको गेडा बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज