१७ बैशाख २०८१, सोमबार
Header

भक्तपुरमा बालसुधार गृह तोडफोड गरेर सय बढी बालकैदी भागे


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १७ः१० बजे
- महानगरखबर

काठमाडैं । भक्तपुरको सुधार गृह तोडफोड गरेर एकसय बढी बालकैदी भागेका छन । 


प्रहरीका अनुसार सानोठिमीस्थित सुधार गृहको ढोका फोडेर भागेका हुन । त्यहाँ करिब २९९ जना बालकैदीहरु रहेका थिए । तीमध्ये २५६ जना पुरुष छन ।


सो सुधारगृहबाट केटीहरु भने भागेका छैनन । विगत समयमा विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राखिएको थियो । 


उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन । 


हिजो आईतवार सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो । 


ती बालक बलात्कार अभियोगमा दोषी ठहर भएपछि तीन वर्षदेखि सुधार गृहमा थिए । 


शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो । 


सो मृत्युबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD