४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरमा बसको छतबाट खसी सहचालकको मृत्यु


प्रकाशित: मंगलबार, २३ असोज २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । वसको छतबाट खसी भक्तपुरमा एक सहचालकको मृत्यु भएको छ । 


मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको अर्बिट स्कूल अगाडि सोमबार बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 


बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडि भ¥याङबाट खस्दा अन्दाजी वर्ष २०÷२२ वर्षका सहचालकको मृत्यु भएको हो । 


उनको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक मिलन केसीले बताए । सहचालकबारे चालक भक्तपुर नगरपालिका–३ सुकुलढोकाका सुन्दर कर्माचार्यलाई समेत थाहा नभएको केसीको भनाइ छ । 


कर्माचार्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex