१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार


प्रकाशित: मंगलवार, १८ चैत्र २०७६, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सूर्यविनायक चोकमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।


मंगलबार बिहान साढे ६ बजे चक्कु लिएर निस्केका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहार गरेको प्रहरीको भनाई छ ।


प्रहरीका अनुसार ती युवा रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङ हुन । 


प्रहरीले तामाङलाई नियन्त्रणमा लिएका छन । चक्कु प्रहारबाट चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावत घाईते भएका छन ।


उनीहरु दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
 

 

तस्वीर सौजन्यः नमस्ते भक्तपुर फेसबुकपेजबाट

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD