२० बैशाख २०८१, बिहिबार
Header

भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने गिरोह पक्राउ


प्रकाशित: आइतवार, २८ माघ २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले उनीहरुलाई बोडेबाट पक्राउ गरेका हुन । 


पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भई भक्तपुरको बोडे बस्ने ३८ वर्षीय छुल्टिम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिनबहादुर तामाङ, बाह्रबिसे नगरपालिका–८ का ४८ वर्षीय जितबहादुर तामाङ  र सोही नगरपालिका ५ घर भई मुलपानी बस्ने ३१ वर्षीय मिलन भन्ने दावा दुण्डुप तामाङ छन । 


प्रहरीका अनुसार सो गिरोहले एक किलो सुन भएको बताउँदै त्यसमा लगानी गर्न भनेर मध्यपुरथिमी नगरपालिकास्थित कोरियन अस्पताल नजिकै बस्ने २४ वर्षीया विनिता थापा मगरसँग ७ लाख ७५ हजार रूपैयाँ ठगेका थिए ।


प्रहरीले उनीहरूको साथबाट झन्डै ३ लाख रूपैयाँ समेत बरामद गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD