८ बैशाख २०८१, शनिबार
Header

भक्तपुरमा डेंगु रोग महामारीको रुपमा फैलिँदै


प्रकाशित: विहिवार, २ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । डेंगु रोग भक्तपुरमा महामारीको रुपमा फैलिँदै गएको अधिकारीहरुले बताएका छन । 


दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएपछि डेंगुको संक्रमण फैलिने संभावना झनै बढेको छ । 


जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारसम्ममा १९७ बिरामीमा डेंगु रोग भएको पुष्टि भएको बताए ।


यो रोगको सङ्क्रमण बढ्दै गएकोले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेकाले जनचेतना फैलाउने कार्यलाई सबैले तीव्रता दिनुपर्ने न्यौपानेले बतँए । 


कार्यालयका प्रमुख कृष्णबहादुर मिजार अनुसार भक्तपुरमा डेंगु सङ्क्रमण नियन्त्रण बाहिर गएकोले भक्तपुरमा डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको बताए । 


जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमित बिरामी भेटिएको मिजारले जानकारी दिए । 


प्रमुख मिजारले मानव बस्तीको बीचबीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने भएकाले डेंगु नियन्त्रण गर्न डेंगु फैलाउने लामखुट्टेको खोज र नष्ट गराँै अभियान सञ्चालन गर्नुपर्ने बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD