काठमाडौं । भक्तपुरको चाँगुनारायणमा टिपरको ठक्करबाट एक शिशुको मृत्यु भएको छ ।
नगरपालिका –९ मा बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिनका शिशिर मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने उक्त टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
शिशिरको उपचारको क्रममा मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । शिशिरको बाबु ईश्वर मोक्तान सोही इँटाभट्टामा काम गर्ने गरेको प्रहरीले बताएका छन । मोक्तान सर्लाहीको जिरायलका बासिन्दा हुन ।
Categorized in समाज