काठमाडौं । भक्तपुरमा शुक्रवार साँझ एक ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर चाँगुनारायण नगरपालिका–५ पिखेलमा दुर्घटना हुँदा सोही ठाउँका ४५ वर्षीय गोविन्द सुवालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुवालको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पताल, काठमाडौंमा मृत्यु भएको हो ।
ट्याक्टरमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन । उनको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ ।
Categorized in समाज