१४ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरमा चार गाडी एक आपसमा ठोक्किई दुर्घट्ना


प्रकाशित: शुक्रवार, ७ जेठ २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा शुक्रवार विहान चार वटा गाडी एक आपसमा ठोक्किदा दुर्घट्ना भएको छ । 


महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिका–९ स्थित नलिनचोकमा जगाती जाँदै गरेको प्रदेश नम्बर ३–०१–००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १–०२–००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठक्किएका थिए ।


सो दुई सवारी एक आपसमा ठोक्किएपछि छेउमा रहेका प्रदेश ३– ०१–०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो ।  


सो दुर्घट्नमा परि केही घाईते समेत हुन पुगेको छ । उनीहरुको डा ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD