१२ बैशाख २०८१, बुधबार
Header

भक्तपुरमा घरबाहिर निस्कन ‘पास’ को व्यवस्था


प्रकाशित: मंगलवार, १८ चैत्र २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिकाले नगरवासीलाई घरबाट बाहिर जानको लागि पासको व्यवस्था गरेको छ । 


नगरले लकडाउनको अवधिभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै अनिवार्य पासको लिनु पर्ने गरेको हो । 


नगरपालिकाले ‘एक घरधुरी एक पास’को व्यवस्था गरी करिव २० हजार परिवारलाई घरघरमा वडा कार्यालयका कर्मचारी मार्फत पास पुर्याइदिने व्यवस्था गरेको छ ।


पासविना घरवाहिर निस्कने व्यक्ति जो कोहिलाई कारवाही गर्न नगरपालिकाले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको नगरप्रमुख सुनील प्रजापतिले बताएका छन । 


भक्तपुरमा लकडाउनका समयमा पनि बाहिर मेला लागे जस्तै भीड लाग्ने गरेको कारण यस्तो निर्णय गरिएको हो । पासको व्यवस्था पछि यस्तो भीड धेरै नियन्त्रण हुने अपेक्षा लिन सकिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD