७ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरमा खुर्पाको प्रहारबाट २ प्रहरी जवानसहित चार जना घाईते


प्रकाशित: आईतबार, २७ पुष २०७६, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा एक व्यक्तिले जथाभावी खर्पा प्रहरी गर्दै हिड्दा २ प्रहरी जवानसहित चार जना घाईते भएका छन । 


प्रहरीका अनुसार शनिवार भक्तपुरको दुई स्थान पाइपलाइन र दोकोचामा जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकको खुर्पा प्रहारीबाट चार जना घाईते भएको हो । 


घाईते हुनेहरुमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार घाइते भएका छन ।


त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवल्दार जितेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठसमेत खुर्पा प्रहारबाट घाइते भएका छन । 


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले खुर्पा प्रहार गर्ने विकलाई प्रहरीले दहचोकबाट नियन्त्रणमा लिएको छ । 


घाईतेहरु थापा र  ज्याकिबन्जारको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD