२१ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरमा कारको ठक्करबाट एक पैदलयात्रुको मृत्युु


प्रकाशित: विहिवार, १८ असोज २०८०, १२ः०२ बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरमा कारको ठक्करबाट विहिवार विहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । 


प्रहरीका अनुसार पुरानो ठिमी जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नम्बरको मोटरसाइकल र राधेराधे जाँदै गरेको बा ५ च. २०४९ नम्बरको कार वडा नम्बर ९ निकेरास्थित दुवाकोट मोडमा जुधेको थियो । 


विहान साढे ६ बजेतिर भएको सो घट्नामा कार अनियन्त्रित भई बाटोमा हिडिरहेका मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका ५८ वर्षीय योगराज बराल गम्भीर घाइते भई उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका २० वर्षीय मिलन कार्की सामान्य घाइते भएका छन ।  


प्रहरीले मोटरसाईकल चालक कार्की र कार चालक मध्यपुरथिमी नगरपालिका वडा नम्बर ६ का २९ वर्षीय अनुज प्रजापतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD