१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरमा कांग्रेसका कृष्णलाल भडेल अग्रस्थानमा 


प्रकाशित: आईतबार, १५ मंसिर २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । शनिवार सम्पन्न उपनिर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ । 


प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडी देखिएका छन ।


चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिएपछि कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन ।


यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन । 


यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD