काठमाडौं । भक्तपुरमा शुक्रवार एक मालबहाक सवारी दुघंट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक बा१३च १०५० नम्बरको सामान बोक्ने गाडी अनियन्त्रित हुँदा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको मृत्यु भएको हो ।
चाँगुबाट डेकोचातर्फ आउँदै गरेको सामान बोकेको गाडीले कासुलाई राती ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा जनस्वास्थ्य अस्पताल च्यामासिंहमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी बताए ।
प्रहरीले सवारी साधन र चालक वडा नम्बर ६ बस्ने ३८ वर्षीय राधेश्याम लवजुलाई पक्राउ गरेको छ ।
Categorized in समाज