२ भाद्र २०८३, मंगलबार
Header

भक्तपुरबाट ६ वर्षीया बालिका अपरहणमा संलग्न पक्राउ


प्रकाशित: आईतबार, १९ माघ २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीले भक्तपुरबाट ६ वर्षीया बालिका अपरहण गरी फौरती माग गर्ने एक जनालाई पक्राउ गरेको छ । 


सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया आशिष थापा पक्राउ परेका छन । 


अपहरण भएको ५ घन्टापछि हानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले थापालाई नियन्त्रणमा लिएको हो । 


प्रहरीले सुचना पाएलगत्तै ओजी अभियान तिब्र बनाएका थिए । अपहरणकारी थापाले बालिकालाई आइतबार दिउँसो मोटरसाइकलमा राखेर लगेका थिए । 


प्रहरीका अनुसार बालिकालाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको तर बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले थापा बालिकालाई छाडेर भागेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex