३ भाद्र २०८३, बुधबार
Header

भक्तपुरबाट मालपोतका २ कर्मचारी चालिस हजार घुससहित पक्राउ


प्रकाशित: बुधवार, १८ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा भूमिसुधार तथा मालपोत कार्यालयका दुई जना कर्मचारी ४० हजार घुससहित पक्राउ परेका छन ।


नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम घुसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले जनाएको छ । 


सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेको गोप्य सुचनाका अधारमा उनीहरु पक्राउ परेको हो।  उनी करारमा कार्यरत गौतमलाई उक्त रकम दिन भनेर आग्रह गरेको उजुरी परेको थियो ।


आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाल टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex