५ भाद्र २०८३, शुक्रबार
Header

भक्तपुरबाट दुर्लभ सालकको खवटासहित एक पक्राउ


प्रकाशित: शुक्रवार, ३० कात्तिक २०७५, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । दुर्लभ जन्तु सालकको खबटासहित महानगरीय प्रहरी परिसर भक्तपुरले एक जनालाई पक्राउ गरेको छ । 


सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो । 


प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।


तामाङलाई वन्यजन्तु ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex