काठमाडौं । भक्तपुरको सूर्यविनायकमा मोटरसाईकललाई आज बेलुका ट्रिपरले ठक्कर दिएपछि जम्मा भएको भीडले टिपरमा आगजानी गरेको छ ।
प्रहरीका अनुसार अहिले सो क्षेत्र तनावग्रस्त भएको जनाएको छ । बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन ।
टिपरको ठक्करबाट २ जना घाईते भएपनि उनीहरुको सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ ।
Categorized in समाज