४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको सुर्यविनायक र चाँगुनारायणमा आगलागी, २२ लाख बराबरको धनमाल क्षति


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सुर्यविनायक र चाँगुनारायणमा आगलागी हुँदा २२ लाख ५७ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । 


सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुशीला भैरवस्थित रमेशनाथ ढुङ्गेलको तीनतले कच्ची घरमा शुक्रवार अचानक करेन्ट सर्ट भई आगलागी हुँदा रु २१ लाख मूल्य बराबरका धनमाल क्षति भएको हो । 


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार आगलागीबाट नगद, गरगहना, स्कुटर, कम्प्युटर, टेलिभिजन, मोबाइल, घरायसी फर्निचर, फ्रिज, लत्ताकपडा तथा भाँडालगायतका सामान जलेर नष्ट भएको छ । 
प्रहरी, स्थानीयवासी, भक्तपुर र काठमाडौँको एक एक गरी दुई बटा दमकलको सहयोगमा तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो । 


त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिनटारस्थित चन्द्रिका बुढाथोकीको दुईतले पक्की घरको पहिलो तलाको पश्चिमपट्टिको एउटा कोठामा अचानक आगलागी हुँदा फर्निचर, लत्ताकपडा, टेलिभिजनलगायतका सामान जलेर नष्ट हुँदा रु एक लाख सात हजार मूल्य बराबरका क्षति भएको प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex