२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको वालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए


प्रकाशित: सोमवार, ८ पुस २०८१, १३ः३० बजे 
- महानगरखवर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत भेटिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मृत भेटिनेमा मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा नवीन रहेको छ । 


हाल प्रहरीले अनुसन्धान गरिरहेकोले विस्तृत विवरण आउन बाँकी रहेको छ ।साढे  ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा कोठामा बाबुछोराको शव भेटिएको प्रहरीले जनाएको छ ।


आइतबार खाना खाएर बाबुछोरा सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको हो ।


आइतबार उनीहरूसँगै रहेका कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन । प्रहरीका अनुसार शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको अवस्था भेटिएको प्रहरीको भनाई छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex