३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको बालकोटमा विहानै कपास उद्योगमा आगलागी


प्रकाशित: आईतबार ५ असोज २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडा २ मा रहेको मनकामना कपास उद्योगमा आईतबार आगलागी भएको छ ।


विहान आगलागी भएपछि  काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत्त थिमिले बताएको छ । 


आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएको थीमीका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । 


भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा बिहान ५ः०० बजे लागेको कामदारहरुले बताएकाछन । 


आगलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो । आगलागीबाट करीब रु २५ लाख बराबरको क्षतिको अनुमान भएको र क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex