काठमाडौं । भक्तपुरको ऐतिहासिक पच्पन्नझ्याले दरबार मंगलवारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
यस अघि भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न खुल्ला गरेको हो ।
उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति रु २० र विद्यार्थी सहुलियत शुल्क रु १० को टिकट लिएर अवलोकन गर्न पाइनेछ ।
नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो ।
Categorized in सम्पदा/संस्कृति