१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरको दधिकोटमा बर्डफ्लु भेटियो, २ हजार बढि कुखुरा नष्ट


प्रकाशित: बुधवार, २७ चैत्र २०७५, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ दधिकोटमा बर्डफ्लु भेटिएपछि २ हजार २ सय कुखुरा नष्ट गरिएको छ । 


कुखुरामा एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको हो । 


दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक मधुराम न्यौपानेले जानकारी दिए ।


बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्लाभित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ ।


गत बुधबार सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका दुई हजार ९८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD