१४ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरको एक पेट्रोल पम्पमा पानी मिसिएको डिजेल भेटियो


प्रकाशित: सोमवार, १५ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको लोहकन्थली स्थित सिद्धार्थ फ्यूल सेन्टरको डिजेलमा पानी मिसिएको पाइएको छ ।


उपभोक्ताहरुले सोमवार विहान उक्त पम्पवाट गाडीमा डिजेल भर्ने क्रममा मिसावट युक्त डिजेल पाइएको मध्यपुर थिमी नगरपालिका वडा नं १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए ।


‘हामीले पनि बिहान राहत बाँड्न गाडीमा डिजेल भरेका थियौं, डिजेल हालेर गाडी चलाउन खोज्दा स्टार्ट नै भएन । डिजेल निकालेर जाँच गर्दा डिजेलको रंग नै सेतो थियो ।’ उनले भने ।


वडाध्यक्ष खड्काका अनुसार विहान तेल भरेको गाडीको ईन्जिन नै बनाउनपर्ने भएको छ । आफुले सधैं उक्त पम्पबाट तेल भर्ने गरेको तर उक्त फ्यूल सेन्टरले मिसावट युक्त तेल हाल्छ भनेर आफुले कल्पना नै नगरेको उनले बताए । तर पम्प संचालकले भने डिजेलमा पानी नमिसाएको दावी गरे । 


आयल निगमबाट नै यस्तो डिजेल पठाएको संचालकको दावी छ ।
 

(समाचार स्रोतः नमस्ते भक्तपुर)

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD