१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरका २९ पत्रकारको पीसीआर रिपोर्ट नेगेटिभ


प्रकाशित: सोमवार, ५ जेठ २०७७, ११ः०० बजे
- महानगरखबर

भक्तपुर । भक्तपुर जिल्लामा कार्यरत सक्रिय २९ जना पत्रकारको कोरोना परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । 


नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पीसीआर मेसिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । 


नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार पत्रकारहरुको स्वाब संकलन गरिएको थियो । 


समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब संकलन गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD