१३ बैशाख २०८१, बिहिबार
Header

भक्तपुरका सुवाल बने पहिलो पिएचडी गर्ने वडा अध्यक्ष


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १९ः०० बज
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाल नेपालको पहिलो पिएचडी (विद्यावारिधि) गर्ने वडा अध्यक्ष वनेका छन । 


नेपालकै पहिलो पिएचडी गर्ने वडाध्यक्षको रुपमा रेकर्ड राख्न समेत सुवाल भएका छन । अव उनको नामको अगाडी डा. सुवाल थपिएका छन । 


वडाध्यक्ष डा.सुवालले ‘भक्तपुर नगरका ज्यापु जातिका नेवारहरुको लोक संस्कृति सम्वन्धि ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका हुन । 


सुवाल पढाईमा धुरन्धरनै रहेका छन । उनले त्रिभुवन विश्वविद्यालयबाट ३ वटा विषयमा प्रविणता प्रमाणपत्र तह, ३ वटा विषयमा स्नातक र २ वटा विषयमा स्नातकोत्तर उतीर्ण गरेका छन ।


त्यसैगरी उनले पोलिटिकल साइन्स र इतिहास गरि दुईवटा विषयमा स्नातकोत्तर गरेका छन । साथै शिक्षा, कानून र मानवीकि गरि तीनवटा विषयमा स्नातक तथा मानवीकि, वाणिज्य र कानुन गरि तीनवटा विषयमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेका छन ।


उनी २०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमा नेपाल मजदूर किसान पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ बाट वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए । 

 

(समाचार स्रोतः न्यूजपोलार डटकम)

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD