१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरका सात स्थानमा हात हुने ट्याङ्कीको व्यवस्था


प्रकाशित: बुधवार, १९ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरका युवा क्लवहरुले भक्तपुरका विभिन्न ७ स्थानमा हात धुने ट्याङ्कीको व्यवस्था गरेको छ । 


टौमढी युथ क्लबको नेतृत्वमा आम सर्वसाधारण जनताहरुलाई हात धुनको लागि सो व्यवस्था गरेको हो ।


नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम तथा रोकथाम गर्न भक्तपुर नगरभित्रका विभिन्न सात स्थानहरुमा ५०० लिटरको पानी ट्याङ्की र साबुन व्यवस्था गरेको छ ।


७ वटा ट्याङ्कीहरुमध्ये ४ वटा लायन्स क्लव अफ भक्तपुर नरसिंह, दुईवटा लायन विष्णुभक्त मारिखुले सहयोग स्वरुप उपलब्ध गराएको हो भने त्यसमा पानी भर्ने काम जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जिम्मा लिएको छ ।



तस्वीर सौजन्यः नेमस्ते भक्तपुर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD