२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरका सम्पदाहरुको पुननिर्माण कार्यबाट पछि हट्यो जर्मन विकास बैंक


 

काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट जर्मन विकास बैंक (केएफडब्लू) पछि हटेको छ । 


भक्तपुर नगरपालिका र दातृ निकायबीच सहमति हुन नसकेपछि केएफडब्लू पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गर्ने कि अन्तर्र्रािष्ट्रय टेण्डरबाट गर्ने भन्ने मुख्य विवाद देखिएको थियो । 


जर्मन राजदूत रोलाण्ड शेफरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेट गर्दै केएफडब्ल्यूमार्फत् हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex