काठमाडौं । प्रदेश ३ अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ (ख)का नवनिर्वाचित सभासद कृष्णलाल भँडेलले पद तथा गोपनियताको सपथ लिएका छन ।
आईतबार हेटौडास्थित प्रदेश सभा सचिवालयमा भँडेलले देश ३ का सभामुख सानुकुमार श्रेष्ठ समक्ष सपथ लिएका थिए ।
सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य भँडेललाई सपथ ग्रहणपछि प्रदेशसभा अँकित लोगो समेत लगाइदिएका थिए ।
भँडेलले सपथ ग्रहणसँगै एकबर्षदेखि जनप्रतिनिधि विहीन भक्तपुर क्षेत्र नम्बर १(क) मा रोकिएका विकासका कामहरुलाई पूर्णता दिने र जनतामूखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
१४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई बिजय भएका थिए ।
Categorized in राष्ट्रिय