१४ बैशाख २०८१, शुक्रबार
Header

ब्लोदानका अध्यक्षमा सानुबाबु चयन


प्रकाशित: आईतबार, ३१ भाद्र २०७५, ११ः५२ बजे
- महानगरखबर

काठमाडौं । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को अध्यक्षमा सानुबाबु प्रजापति चयन भएको छ ।

 
ब्लोदानको २१ औं बार्षिक साधारणसभा तथा नबौं केन्द्रिय अधिवेशनबाट सानुबाबु प्रजापतिको अध्यक्षतामा १९ कमिटि निर्माण भएको आयोजकले जनाएको छ ।

 
कमिटिका उपाध्यक्षमा सूर्यलाल महर्जन र सुभद्रा खड्का, महासचिवमा केशब महर्जन, कोषाध्यक्षमा मचाकाजी महर्जन, सचिवमा विष्णुराज श्रेष्ठ तथा उज्वल के. सी. निर्वाचित भएका छन भने सदस्यहरुमा सदस्यहरुमा विनोद तुलाधर, रोशन राजकर्णिकार, किशोर राज वन्त, शंकर महर्जन, पुरुषोत्तम खत्री, धर्मभक्त प्रधान, नारायण बहादुर वासुकला, बालकृष्ण श्रेष्ठ, खेम मरासिनी, इन्दिरा निरौला, शारदा लामा, भोलानाथ पाठक सर्वसम्मतीबाट चयन भएको हो । 


सो कार्यक्रममा ब्लोदानकर्मीहरु तथा व्लोदानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । 


सम्मानित हुनेहरुमा ब्लोदानका केन्द्रीय सदस्य पुरुषोत्तम खत्री ब्लोदान अफ दि इयरबाट सम्मानित भएको थियो भने ब्लोदानका सल्लाहाकार ललीक बहादुर महर्जन, रक्तसंचार सेवा, पर्सा जिल्ला शाखाका प्रमुख प्रविण मानन्धर, श्री पशुपति मारवाडि सेवा संघ तथा श्रीमती निता घिराइया रहेका छन । 


त्यसैगरी ब्लड फण्डमा सहयोग गर्नु हुने महानुभावहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।


सो कार्यक्रममा प्रस्तुत आ. व. २०७४÷२०७५ को प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पारित गरिएको थियो । 


ब्लोदानका संरक्षक तथा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा काठमाडौंको नेपाः बैंक्वेट, खुसिबुँमा आयोजित कार्यक्रममा ब्लोदानका वरिष्ठ सल्लाहकार सुभाष गोयल, सल्लाहकार राजेश श्रेष्ठ तथा रक्तसंचार सेवा पर्सा शाखा प्रमुख प्रविन मानन्धरले ब्लोदानको भूमिका बारे बोलेका थिए । 


कार्यक्रममा केन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णिकार लगायत ब्लोदानका वरिष्ठ सल्लाहकारहरु समेतको उपस्थित रहेको थियो । 


केन्द्रीय अधिवेशन संयोजक तथा ब्लोदानको उपाध्यक्ष रमेशध्वज बस्नेतले कार्यक्रमको अन्तमा उपस्थित सबैलाई  धन्यवाद सहित कार्यक्रम समापनको घोषणा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD