१५ बैशाख २०८१, शनिबार
Header

ब्लुबुकमा लाग्ने शत प्रतिशत जरिवाना दर घट्यो


प्रकाशित: विहिवार, २६ भाद्र २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । ब्लुबुक नविकरणमा लाग्ने शतप्रतिशत जारिवाना दरलाई प्रदेश ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरेर घटाएको छ । 


सवारी साधनमा लाग्ने कर ५ बर्षसम्म नतिरे शत प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्थाको चर्को विरोध र आलोचना भएपछि ऐन संशोधन गरेको हो । 


संसोधन अनुसार अब उक्त जरिवानालाई घटाएर ३२ प्रतिशत बनाएको छ । आर्थिक वर्ष समाप्त भएपछि दोब्बर जरिमाना लाग्ने ऐनको दफा १७६ को (घ) मा व्यवस्था गरिएको उक्त दफा संशोधन गरिएको हो । 


प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७५ को दफा १७३ मा सवारी नवीकरण कर तिर्ने म्याद सकिएको ९० दिनभित्र वा चैत्र मसान्तमध्ये जुन पहिले आउँछ त्यसभित्र कर तिर्नुपर्ने उल्लेख गरिएको छ ।


उक्त मिति नाघेपछि पहिलो ३० दिनका लागि पाँच प्रतिशत, त्यसपछिको ४५ दिनसम्म १० प्रतिशत र त्यसपछि सो आर्थिक वर्षको अन्तसम्मलाई २० प्रतिशत जरिमाना लिने व्यवस्था छ ।


त्यसछिको ५ वर्षसम्म प्रत्येक आर्थिक वर्षको लागि सवारीसाधन कर रकमको ३२ प्रतिशतको दरले जरिमाना तिर्नुपर्ने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD