काठमाडौं । ब्लड डोनर्स एशोसियन अफ नेपला काठमाडौ जिल्ला शाखाको चौथो अधिवेशन बैशाख २८ गते हुने भएको छ ।
एशोसियनका जिल्ला शाखा सचिव अनिल रत्न तुलाधारले दिएको जानकारी अनुसार अधिवेशनमा एशोसियनको बार्षिक गतिविधि, आर्थिक, नयाँ कार्यक्रम तथा भावी योजनाहरु बारे छलफल हुनेछ ।
कार्यक्रम जमलस्थित रमेश फास्टफुडमा दिउँसो १ बजे हुने सविच तुलाधरले जानकारी दिए ।
काठमाडौं शाखाले विश्वसम्पदा क्षेत्रमा निरन्तर रक्तदान कार्यक्रमको अभियान चलाएकोले सो विषया पनि बृहत चर्चा हुने तुलाधरको भनाई छ ।
Categorized in समाज