८ बैशाख २०८१, शनिबार
Header

ब्रोईलर कुखुराको मासुमा मूल्य बृद्धि भएपछि अनुगमनको तयारी


प्रकाशित: सोमबार, २० माघ २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । ब्रोइलर कुखुराको मासुको मूल्य बृद्धि भएपछि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको तयारी गरेको छ । 


विभागले अनुगमन गरी कारवाही अगाडि बढाउने भएको छ । डेढ महिनाकै अवधिमा ब्रोइलर कुखुराको मासु किलोमा १ सय १० रुपैयाँ बढेको छ । 


विभागले ठूला ह्याचरी र बिक्रेतालाई मूल्य बढ्नुको कारण पेस गर्न शुक्रबार निर्देशन दिएपनि कुखुराको मासु लगातार बढेपछि अनुगमन गर्ने बताएकोक छ । 


सोमबार ब्रोइलर कुखुराको मासुको मूल्य किलोको ३ सय ९० रुपैयाँ पुगेको छ । यस अघि कुखुराको मासुको मूल्य २ सय ८० रुपैयाँ थियो । 


विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मंगलबारबाट ठूला ह्याचारी र बिक्रेताको अनुगमन गरेर मूल्य नियन्त्रणको प्रयास गरिने बताए । 


लागतभन्दा कममा कुखुराको मासु र अण्डा बिक्री गर्नुपर्ने अवस्था भएपछि ह्याचरी उद्यमीले चिकेन होलिडेको निर्णय गरेका थिए । १० दिनसम्म चल्ला उत्पादन र बिक्री नगर्ने निर्णयसँगै मूल्य लगातार बढेको हो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD