काठमाडौं । राजस्व अनुसन्धान विभागले ब्रेक शुसहित बरामद गरेको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।
सोमवार विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक शुुबाट सुन छट्टुाएर जोख्दा सो परिमाण देखिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताएका छन ।
राजस्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट सुन सहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

सुन मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।
मंगलबार बिहान साढे १० बजे उक्त सुन गालिने भएको छ । सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो ।
Categorized in राष्ट्रिय