८ बैशाख २०८१, शनिबार
Header

ब्राजिलको एक विद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु


प्रकाशित: विहिवार, ३० फागुन २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । ब्राजिलको एक विद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । 


ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ । 


साओ पाउलो राज्यको सैनिक प्रहरी विभागका अनुसार सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा ती व्यक्तिहरुको मृत्यु भएको हो । 


ब्राजिलको एक प्रसिद्धटेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । 


सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते समेत भएका छन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD