१५ बैशाख २०८१, शनिबार
Header

ब्रम्हटोलमा कलात्मक शैलीको सम्पदा मैत्री फल्चा पुनः निर्माण


प्रकाशित: आईतवार, १८ श्रावण २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । ब्रम्हटोलमा कलात्मक शैलीको सम्पदा मैत्री फल्चा पुनः निर्माण सम्पन्न भएको छ । 


दशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनः निर्माण सम्पन्न भएको हो । 


बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरेको बागमती प्रदेशका सांसद डा. अजय क्रान्ति शाक्यले बताए । 


प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा निर्माण गरिएको फल्चाको ऐतिहासिक महत्व रहेको प्रदेश सांसद शाक्यले जानकारी दिए । 


 ‘आफ्नो निर्वाचन क्षेत्रमा रहेका, ऐतिहासिक, साँस्कृतिक र पुरात्वतिक महत्वका सम्पदाहरूको संरक्षण गर्ने अभियान अन्र्तरगत यहाँ फल्चा पुनः निर्माण गरेको हो,’ शाक्यले भने, ‘मूल्यको हिसावले यो सामान्य हो । तर, हामीले पुरात्वात्तिव सम्पदाले भरिपूर्ण काठमाडौँमा रहेका कला, संस्कृति, मुर्त–अमूर्त सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजेका छौँ । संघ, प्रदेश र स्थानीय सरकारले हातेमालो गरेर यहाँको संम्पदा संरक्षणका लागि समन्वयका साथ अघि बढ्नुपर्छ ।’


कामपा–१२ वडाका अध्यक्ष विकास डंगोलका अनुसार प्रत्येक वर्ष बडा दशैंको पञ्चमीको दिन हुने पचिमहर्् (पचली भैरव जात्रा) र १२ वर्षको पचली भैरव जात्राका कारण यो स्थानको विशेष महत्त्व रहेको छ । 


काठमाडौँ क्षेत्र नम्बर– ९ (क) मा वडा– १२, १४, २१ र २२ पर्दछन । ती वडाका पनि विभिन्न स्थानमा शाक्यले स्थानीय र संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विकास, सम्पदा पुर्ननिर्माण, सहरी सौदर्यीकर जस्ता कार्य गर्दै आएका छन ।  संघीय सांसद कृष्णगोपाल श्रेष्ठ र शाक्यको संयुक्त पहलमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर–१४ मा स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगर्त बासुकी दह बल्खुखोला पार्क निर्माण कार्य दू्रतगतिमा अघि बढेको छ ।


शाक्यैको पहलमा संघीय सरकार, स्थानीय सरकार र प्रदेशको समन्वयमा वडा–२२ को न्युरोडदेखि जुद्ध शालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौदर्यीकरण कार्यलगायत दुई दर्जन बढी कार्यक्रम अघि बढेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD