१२ बैशाख २०८१, बुधबार
Header

ब्रजयान महाविहारलाई काठमाडौं महानगरको चार करोड २९ लाख अनुदान 


प्रकाशित: आईतबार, २६ माघ २०७६, १८ः२०बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले लम्बिनीस्थित ब्रजयान महाविहारलाई ४ करोड २९ लाख १८ हजार रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ ।


राजधानी शनिवार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाकयले महाविहार संचालक समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई अनुदान रकमको चेक हस्तान्तरण गरे । 


उक्त अनुदान रकमले लुम्बिनीमा निर्माणाधीन  महाविहारको कलात्मक आँखीझ्याल र प्रवेश द्वार बनाईने भएको छ । 


कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख शाक्यले लुम्बिनीमार्फत काठमाडौंको पहिचान बिश्वभर पु¥याउन सहयोग गरिएको बताउँदै विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गरेको उल्लेख गरे ।


अब लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मालम्बीहरु नेपाल बज्रयान महाविहारभित्र छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउने प्रमुख शाक्यले विश्वास व्यक्त गरे । 


त्यस अवसरमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि आर्थिक, सामाजिक र सांस्कृतिक गतिबिधिमा चहलपहल बढेको उल्लेख गरिन । 


लुम्बिनी नगरपालिकाका मेयर मनमोहन चौधरीले काठमाडौँ महानगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेको लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सहयोग गरेको भन्दै खुशी व्यक्त गरे । 


लुम्बिनी भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समिति ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण शुरु गरेका हुन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD