१४ बैशाख २०८१, शुक्रबार
Header

ब्युटी विथ पर्पस विधाको लागि आर्थिक सहयोग जुटाउँदै मिस प्रियंकारानी


प्रकाशित: बुधवार, २७ पुस २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । मिस वल्र्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको परियोजनाका लागि मिस नेपाल प्रियंकारानी जोशीले अर्थ सहायता जुटाउन थालेकी छन । 


उनले मंगलबार प्रियंकाले पोखरामा आयोजना गरेको च्यारिटी गालामा सो बारे व्रिफिङ गरेकी थिईन । सो परियोजना सम्पन्न गर्न अनुमानित ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।


उनले हालैको आफ्नो अमेरिका भ्रमणमा त्यहाँस्थित गैरआवासीय नेपालीलाई पनि सघाउन आग्रह गरेकी थिइन् । अन्य सरकारी निकायलाई पनि उनले अपील गरेकी छन ।


यसअघि नेपालले यो विधामा जित हासिल गरिसकेको छ । विगतमा जितिसकेको अनुभव भएकाले पनि नेपालले यो विधामा जोड दिंदै आएको छ ।


गालामा पोखरेली उद्यमी व्यवसायीदेखि गायक प्रेमराजा महतसम्म उपस्थित रहेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD