७ जेठ २०८१, सोमबार
Header

बौद्ध स्तुपाबाट नक्कली सुनसहित २ पक्राउ


प्रकाशित: सोमबार, २४ मंसिर २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बौद्ध स्तुपा नजिकबाट प्रहरीले २ जनालाई सोमबार बेलुका नक्कली सुनलाई सक्कली सुन भनी विक्री गर्न खोज्ने २ जनालाई पक्राउ गरेको छ । 


नगद ६६ लाख रुपैयाँमा विक्रि वितरण गर्न लागेको अवस्थामा २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । 


पक्राउ पर्नेहरुमा चाबहिल बस्ने सिन्धुपाल्चोक वलेफि घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेको छन ।


नक्‍कली सुनलाई सक्‍कली सुन भनी बेचबिखन गर्न लागेको भन्ने विशेष सूचानाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा विक्रि वितरण गर्न लागेको अवस्थामा १ केजी विस्कुट आकारमा रहेको २ थान सुन जस्तो देखिने नक्‍कली सुन सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD