३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बौद्ध फूलवारीबाट ३ लाख नगदसहित ७ जना जुवाडे पक्राउ


प्रकाशित: आईतबार, १० चैत्र २०७५, ०८ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रहरीेले काठमाडौ महानगरपालिका – ६ स्थित बौद्ध फूलबारीबाट रु २ लाख ९८ हजारसहित ७ जना जुवाडे पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै जुवा अखडामा छापा मारेर उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । 


बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात जना रहेको छ ।


प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद गरेको छ । 


पक्राउ परेका उनीहरुको थप अनुसन्धान गरी प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । 


यसअघि पनि महानगरीय प्रहरी वृत्त बौद्ध मातहत जोरपाटी र बौद्धको फूलबारीबाट ठूलो रकमसहित जुवाडे पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex