४ भाद्र २०८३, बिहिबार
Header

बौद्ध प्रहरीमा चार महिनामा ९ बलात्कार मुद्दा दर्ता, ८ बालिका, २ युवती र एक महिला बलात्कृत


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरीय प्रहरी बृत, बौद्धमा आव चार महिनामा ९ बलात्कार घट्नाको मुद्दा दर्ता भएको छ । 


साउनदेखि कात्तिक महिनासम्ममा बौद्ध क्षेत्रमा भएका बलात्कारको घट्नामा ८ बालिका, २ युवती र एक महिला बलात्कृत भएको बौद्ध प्रहरीले जनाएको छ । 


महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन । 


कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन । 


यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडाँै गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । 


प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । 


सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ । 


यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । 


सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ । 


प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex