काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न कलेलमा लेखा पढाउने भारत कलकत्ताका ५४ बर्षिय बडिसत्तो गौतम भट्टाचार्य आफ्नै विद्यार्थीको बलात्कार आरोपमा पक्राउ परेका छन् ।
भट्टचार्यलाई महानगरिय प्रहरी बृत, बौद्धको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीमा उजुरी दिएकी २२ युवतीले शिक्षक भट्टचार्यले पटकपटक बलात्कार गरेको बताएको छ ।
युवतीका अनुसार उनलाई पछिल्लो पटक काठमाडौं–६, महाँकालस्थित जेसर होटलमा आफू बलात्कृत भएको ती युवतीको दाबी छ ।
Categorized in समाज