३ भाद्र २०८३, बुधबार
Header

बौद्ध प्रहरीद्धारा अबैध मदिरा भट्टीहरुमा छापा, हजारौ मदिरा नष्ट


प्रकाशित: विहिवार, १९ पुष २०७५, ११ः५० बजे
- महानगरखबर

काठमाडौँ । महानगरीय प्रहरी बृत्त बौद्ध प्रहरीले विहिवार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको नयाँ बस्ती र महानगरपालिका –६ स्थित नागेश्वरगल्लीको अबैध मदिरा भट्टीहरुमा छापा मारेको छ । 


छापा मार्ने क्रममा अवैध मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थ र एकहजार लिटर भन्दा बढी मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ । 


अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो । 


प्रहरीले नियन्त्रणमा लिएको घरेलु मदिरा विशालु र हानिकारक रहेको समेत बताएको छ । । 


प्रहरीले स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्था र पत्रकारको रोहवरमा छापा मार्दै नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex