२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

बौद्ध क्षेत्रमा ‘पर्यटकीय प्रहरी पोष्ट’ स्थापना


प्रकाशित: बुधवार, ९ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । पर्यटकीय क्षेत्र बौद्धमा ‘पर्यटकीय प्रहरी पोष्ट’को स्थापाना गरिएको छ । 


काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा सोमबारदेखि सो पोष्ट सञ्चालन गरिएको हो । 


बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सञ्चालनका ल्याएको उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ । 


पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख एवं प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार उपत्यकाका सबै पर्यटकीयस्थलमा पर्यटक प्रहरीको उपस्थित रहने योजनाअनुरुप उक्त पोष्ट स्थापना गरिएको हो । 


यसअघि ठमेल, भक्तपुर, नगरकोट, पाटन, वसन्तपुर, पशुपति, स्वयम्भू र एयरपोर्ट क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको थियो । 


सन २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको योजनालाई सफल पार्न पर्यटक प्रहरी पोष्टको ठूलो महत्व रहने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले जनाएको छ । 


बौद्ध क्षेत्रमा पर्यटक प्रहरी पोष्ट स्थापना भएसँगै हालसम्म देशभर २६ स्थानमा पर्यटक प्रहरीको उपस्थिति पुगेको छ । हाल देशभर दुई सयभन्दा बढी पर्यटक प्रहरीले पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex