काठमाडौं । बौद्ध–जोरपाटी सडक विगत ४ बर्षदेखि अलपत्र पारेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयवासी र प्रहरी विच भिडन्त भएको छ ।
विहार विहानै स्थानीयवासीले शंख बजाएर सरकारको विरोध गरेपछि सो क्षेत्रमा स्थानीय आन्दोलित भएका थिए ।
बौद्ध–जोडराटी सडकखण्डको मर्मत सम्भार नगरी अलपत्र छाडेको र धुलो–धुँवाको कारण बसिनस्नु अवस्था भएपनि स्थानीयहरु स्वतःफुर्त रुपमा आन्दोलनमा उत्रेका हुन ।
सो क्रममा स्थानीयवासीहरुले बजार बन्द गराउँदै प्रदर्शनमा उत्रेपछि प्रहरीसँग भिडन्त भएको एक प्रदर्शनकारीले बताएका छन ।
उनीहरुले बजार बन्दसँगै सो क्षेत्रमा टायर समेत बालेका थिए ।
Categorized in समाज