काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करणको रुपमा गत बिहीबारदेखि शुरु भएको पाँच दिने महोत्सव सोमबार सकिंदैछ । विश्वका विभिन्न ३१ राष्ट्रहरुका ६० वटा चलचित्रहरु बीच प्रतिस्पर्धात्मक प्रदर्शन भएको यसपालिको दोश्रो निफको अन्तिम दिन भोलि सोमबार विहान चीनको ख्याति प्राप्त कथानक चलचित्र अला चाङ्गसो प्रदर्शन हुँदैछ ।
नेपालभाषाका दुई छोटा चलचित्रहरु द मिथ जिरो र अस्तित्व का साथै लेबनानको द ब्लाईंड अफ क्याथेड्रल, टर्कीको द वीण्ड विल क्यारी अस अनि नेपाल र स्पेनको संयुक्त निर्माण रहेको द स्टेण्ड फ्लाएग , नेपाली भाषाका छोटा चलचित्रहरु सुपरमंक, मदर,तृष्णा पनि प्रदर्शन हुँदैछ भने जापानको क्याट डेज र बंगलादेशको ए लेटर अफ गड पनि भोलि नै देखाईदैछ ।
विभिन्न विषयमा समुहगत बहसहरु पनि भईरहेको दोश्रो निफमा सोमबार चलचित्र र राजनिती बीचको अन्तर्सम्बन्ध बारे पनि बहस हुने कार्यक्रम रहेको छ भने यो बहसमा नेकपा स्थायी समितीका सदस्य एवं चलचित्र लेखक मणि थापा,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा, राजपाका महासचिव मनिस सुमन वक्ताका रुपमा रहनेछ भने सञ्चारकर्मि एवं चलचित्र लेखक यज्ञस सहजकर्ताका रुपमा रहनेछ ।
यस्तै गरी आईतबार निफको चौंथो दिन सम्पन्न चलचित्र र शिक्षा विषयको बहसमा वरिष्ठ अभिनेता राजेश हमाल , त्रिभुवन विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी वक्ताका रुपमा रहेका थिए भने अध्यापक राम लोहनीले सहजकर्ताका भुमिका निर्वाह गरेका थिए ।
आजको यस बहसमा शिक्षाको बिकासमा चलचित्रको महत्वपूर्ण भुमिका हुने कुरामा जोड दिएका थिए भने नेपाली चलचित्रहरु भित्र बौद्धिकताका कुरा नहुने विचार रेक्टर त्रिपाठीको राय रहेको छ भने यो कुराको प्रतिकार गर्दै अभिनेता हमालले बौद्धिक वर्ग हलसम्म आएर चलचित्र हेर्न नआउने भएकोले गर्दा चलचित्र भित्र आम दर्शकको मनोरञ्जनका कुरा पस्किने बाध्यता रहेको कुरा सुनाए । बौद्धिक वर्गलाई दुईतीन घण्टासम्म हलमा बसेर फिल्म हेर्ने फुर्सद हँदैन भनेर रेक्टर त्रिपाठीले भने पछी एक छिन विवाद चर्केको थियो ।
यस्तै गरी आइतबार सम्पन्न भएको कार्यक्रममा ख्यातिप्राप्त अभिनेता सुनिल थापाले आफ्नो चलचित्र यात्राकोबारेमा दर्शकसंग शेयर गरेका थिए । उनका अनुसार जीवनमा अभिनेता बन्ने हो भने आफुलाई त्यसकोलागि पहिलेदेखि नै तयारी गर्नु पर्ने विचार पोखे ।
आज प्रदर्शित चलचित्रहरुमा चीनको हाईवे ३१८ र हङ्गकङ्ग रेस्क्यू,भारतको अन्डरकहानी र भ्वाइस अफ साइलेन्स,युएई को राईट ट्रायक,फ्रान्स र टर्की मिलेर बनाएको टोप्राक,बुल्गेरीयाको अग्ली फेयर टेल,नेपाल र फ्रान्स मिलेर बनाएको छोरा,जापानको आई एन माइसेल्फ, फिलिपिन्सको सोर,स्लोभेनियाको द बक्स,युक्रेनको इन्भिजिबल,अमेरिकाको क्यु जेन,कजाकस्ताको सु र नेपालको लछमनिया लगायतका छोटा चलचित्रहरु प्रदर्शन गरिएको छ ।
महोत्सवमा प्रदर्शित चलचित्रहरु मध्ये अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रहेका चलचित्रहरु मध्येबाट एक उत्कृष्ट चलचित्रलाई एक हजार डलर सहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ भने यस अन्तराष्ट्रिय प्रतिस्पर्धाका शर्ट फिल्म मध्ये एक उत्कृष्ट चलचित्रलाई पाँचसय डलर सहित माउण्ट एभरेस्ट अवार्ड अवार्ड प्रदान गरिनेछ ।
नेपाली पानोरामा अन्तर्गतका चलचित्र मध्ये एक उत्कृष्ट चलचित्रलाई पचास हजार रुपैंया सहितको उत्कृष्ट पुरस्कार र नेपाली शर्ट फिल्म मध्ये एक उत्कृष्टलाई पच्चीस हजार नगद सहित पुरस्कार प्रदान गरिनेछ ।
कथानक चलचित्र तर्फका एक निर्देशक र पटकथाकारलाई पनि उत्कृष्ट पुरस्कार प्रदान गरीनेछ । सो अनुसारको पुरस्कार निर्णय गर्नकालागि नेपालका ख्यातिप्राप्त चलचित्रकर्मि नीर शाहको संयोजकत्वमा भारतका ख्यातिप्राप्त चलचित्रविद् प्रेमेन्द्र मजुमदार,चीनको बेजिङ्ग फिल्म एकेडेमीका प्रोफेसर ल्याङ्ग स्याओ र क्यान्स फिल्म फेस्टिभलका प्रोग्राम निर्देशक एन्ने डेलेच लगायततका निर्णायक समिती गठन गरिएको छ ।

Categorized in मनोरन्जन