१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बौद्धमा ४२ तोला बराबरको सुनचाँदी चोरी


प्रकाशित: मंगलवार, २० माघ २०८२, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट ठूलो परिमाणमा सुन–चाँदीका गहना चोरी भएको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार मंगलबार मध्याह्न करिब १२ बजेतिर पाँचतले घरको चौथो तलामा रहेको कोठाबाट ४२ तोला बराबरका सुन–चाँदीका गहना चोरी भएको हो ।


चोरीमा ३२ तोला सुनका गहना तथा अन्दाजी १० किलो चाँदीका गहना हराएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घरको छतमा मानिसहरू बसिरहेको अवस्थामा चौथो तलामा चोरी भएको थियो । चोरी भएको कोठाको ढोका कब्जा फुकाइएको अवस्थामा फेला परेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex