काठमाडौं । बौद्धमा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किदा एक स्कुटर चालक गम्भीर घाईते भएका छन ।
घाईते स्कुटर चालक फूर्वा शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ । चालकको टाउको गम्भीर चोट लागेको छ ।
बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो । बौद्ध वृतका ट्राफिक प्रहरी निरीक्षक नविनकुमार अधिकारीले पछाडीबाट आएर स्कुटर ठोक्किएको बताएको छ ।
प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ ।
Categorized in समाज